आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुपन्देहीमा माओवादीले खाता खोल्यो

  • प्रकाशित मिति : सोमवार, असार १९, २०७४



  • लुम्बिनी । रुपन्देहीमा माओवादी केन्द्रले खाता खोलेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा जित हासिल गर्दै माओवादी केन्द्रले खाता खोलेको हो ।

    माओवादी केन्द्रका हीराकुमार केवट दुई हजार ४४२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका मञ्जितकुमार यादवले दुई हजार ३११ मत ल्याए ।

    यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले दुई हजार २६४ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रेतीले दुई हजार १७२ मत प्राप्त गरिन् ।

    रुपन्देहीमा १६ वटा स्थानीय निकायमध्ये पाँचवटाको अन्तिम परिणाम आइसकेको छ । पाँचवटामध्ये एमालेले दुई, सङ्घीय समाजवादी फोरमले दुई र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij