आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउमाई नगरपालिकामा एमाले विजयी

  • प्रकाशित मिति : सोमवार, असार १९, २०७४



  • इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले ६ हजार ६४५ मत प्राप्त गरे ।

    उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले ६ हजार ३९० मत प्राप्त गरिन् ।

    देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी भएका छन् ।

    वडा नं २ को वडाध्यक्षमा काँग्रेसका भवानी शङ्करको प्यानल विजयी भएको छ भने वडा–३ को वडाध्यक्षमा एमालेका दाबा तामाङको प्यानल विजयी भयो ।

    वडा–४ मा काँग्रेसका राजेन्द्र बाँस्तोला ७३८ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–५ मा काँग्रेसका दिलीपकुमार कार्कीसहित नेकाका दुई र एमालेका दुई सदस्य विजयी भए ।

    वडा–६ मा एमालेका भगीरथ राई प्यानलसहित विजयी भए ।

    वडा–७ को वडाध्यक्षमा काँग्रेसका झक्तबहादुर लिम्बू ८४० मत ल्याएर विजयी भए ।

    वडा–८ को वडाध्यक्षमा एमालेका चन्द्र मगर एक हजार ६९ मतसहित विजयी भए भने वडा–९ को वडाध्यक्षमा एमालेका प्रेम बराल प्यानलसहित विजयी भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij