आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसको गढ दाङको लमही पनि एमाले विजयी

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • दाङको लमही नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस निर्वाचित भएका छन् । मेयरमा एमालेका कुलबहादुर केसी कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीलाई ८३ मतले हराउँदै कांग्रेसको गढ मानिने लमहीमा निर्वाचित भएका हुन्।

    मेयरमा निर्वाचित केसीलाई ५ हजार १ सय ५२ र निकटतम प्रतिद्धन्दी काँग्रेसका चौधरीलाई ५ हजार ६९ मत प्राप्त भएको थियो। तर उपमेयरमा भने नेपाली काँग्रेसकी देवका बेलवासेले १८२ मतान्तरले विजयी भएकी छन्। बेलवासेले ५ हजार १५ मत प्राप्त गरेकी छन् भने उनीसँग पराजित एमालेकी मिना गुरुङले ४ हजार ८ सय ३३ मत प्राप्त भएको निर्वाचन अधिकृत चन्द्र बहादुर सिंजालीले सेतोपाटीलाई जानकारी दिए।

    लमहीमा माओवादी केन्द्रलाई मेयरमा ४ हजार ८२ र उपमेयरमा ४हजार ४२ मत प्राप्त भएको छ । लमहीमा सुरूदेखि नै काँग्रेसले अग्रता लिएको भए पनि अन्तिममा आएर एमोलेले मेयरमा अग्रता साथ विजय प्राप्त गरेको हो। लमहीका ९ वटा वडा मध्ये १ र ५ मा एमाले , ३ मा माओवादी केन्द्र र अन्य सबै वडाहरू नेपाली काँग्रेसले जितेको छ।

    लमहीमा कुल मत २४ हजार ९ सय ३६ मत खसेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij