आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंकले काट्यो भूकम्प पीडितको रकम

  • प्रकाशित मिति : मङ्लबार, असार २०, २०७४



  • भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिकाअन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार ५०० लिएको खुलेको छ ।

    रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै ५०० लिएको बैंक शाखा प्रबन्धक सूर्यप्रसाद गैरेले बताए।

    भूकम्पपीडितका लागि आएको अनुदान रकमबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए। भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको उनको भनाइ छ ।

    “राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र बैङ्कर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो”, रेग्मीले भने., “सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ, बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन ।”

    रकम वितरणसम्बन्धी स्पष्ट निर्देशिका नआएकाले बैंकको नियमअनुसार रकम वितरण गरेको बैंकका प्रबन्धक गैरेले बताए। जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकायअनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ ।

    पहिलो किस्ता रकम ५० हजार घर निर्माणको आवश्यकताअनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij