आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मत गणना अन्तिम चरणमा, एमाले पहिलो र काँग्रेस दोस्रो बन्न सफल

  • प्रकाशित मिति : शनिबार, असार २४, २०७४



  • काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अब जम्मा चार तहको मात्र मत परिणाम आउन बाँकी रहेको छ ।

    परिणाम आउन बाँकी रहेका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली काँग्रेस अगाडी रहेका छन् ।

    एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको हो भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ ।

    यता, दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल बन्न सफल भएको छ ।

    दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गरिएको निर्वाचनमा अहिलेसम्म ३ सय ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

    घोषित परिणाममा १ सय ४८ तह जितेर एमाले पहिलो र १ सय २१ तहमा तिेर कांग्रेस दोस्रो दल बनेको छ ।

    नेकपा माओवादी केन्द्र भने ३८ स्थानीय तहमा विजयी हुँदै तेस्रो ठूलो दल बनेको छ ।

    ८ तह जित्ने संघीय समाजवादी फोरम चौथो हुँदा ६ तह जितेर लोकतान्त्रिक फोरम पाँचौं बनेको छ ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij