प्रकाशित मिति : शनिबार, असार २४, २०७४
काठमाडौं । असार १४ गते सम्पन्न ३५ जिल्लाको ३ सय ३४ स्थानीय तहको मध्ये १ सय ३० तहको नतिजा सार्वजनिक हुँदा कांग्रेसले १ सय २१ पुर्याएको छ ।
कांग्रेसले एक उपमहानगरपालिका र ४७ नगरपालिकासहित १ सय २१ स्थानीय तहको प्रमुखसहित जित हासिल गरेको छ । बाँकी रहेको एक महानगर र तीन नगरपालिकामध्ये महानगरमा कांग्रेसको अग्रता छ भने एक उपमहानगर र दुई नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना जारी रहेको छ ।
हेर्नुहोस् कांग्रेसले जितेको विवरणः
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij