आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनआरएन अस्ट्रेलियाको निर्वाचनः घोताने पाँच मतले विजयी ,महासचिवमा कोइराला

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनमा मेलवर्नका टोनु घोताने ब्रिसबेनका स्वतन्त्रप्रताप शाहलाई पाँंच मतको झीनो अन्तरले पराजित गर्दै एनआरएन अस्ट्रेलियाका अध्यक्षमा विजयी भएका छन्।

    टोनुले कुल २०१८ मत प्राप्त गरेका थिए भने स्वतन्त्रप्रतापले २०१३ मत प्राप्त गरेका थिए । अध्यक्षका अन्य प्रत्यासीहरुमा अभिमानसिंह बस्नेतले ५ सय ५६ मत र महेशसिंह भण्डारीले २ सय ४५ मत ल्याएका थिए ।

    महासचिबमा ब्रिसबेनका नारायण कोइराला कुल १ हजार ९ सय ९९ मतका साथ विजयी भएका छन  । उनका निकटम प्रतिद्धन्द्धी राजु मानन्धरले एक हजार ९ सय २९ मत हात पारेका थिए । यस्तै महासचिबका अर्का उमेदबार ज्ञानेन्द्र रेग्मीले ९ सय ४२ मत ल्याएका थिए ।

    सचिबमा भने देब बहादुर गुरुङले दुइ हजार तिन सय ३६ मतका साथ विजय प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी बिकास केसीले एक हजार सात सय ९ मतमै चित्त बुझाउनु परयो । उमेदबारी फीर्ता लिएका डिला खरेलको नाममा ७ सय ७७ मत खसेको थियो ।

    कोषाध्यक्षमा अच्युत शर्मा थपलिया विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी कुुशल केसी पराजित भएका छन । यस्तै युथ कोर्डिनेटरमा धर्मराज अधिकारी, महिला फोकलमा प्रतिज्ञा अधिकारी(निर्विरोध) विजयी भएका छन । कमिटीको कार्यसमिति सदस्यहरुमा अजय राजबंशी, भिमराज सुब्बा , दिनेश अधिकारी, गिता लम्साल,सुनिल थापा र सुरेस रेग्मी विजयी भएका छन्।

    एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष तथा राज्य समिती संयोजकहरुमा एनएसडब्लुवाट नन्द गुरुङ , उप संयोजकमा अर्जुन केसी विजयी भएका छन । अन्य राज्य समितीहरुका संयोजकहरुमा साउथ अस्ट्रेलियावाट अशोक केसी , भिक्टोरियावाट केशव कडेल,एसीसीवाट राजन प्रशाद ढुंगेल, क्वीन्सल्यान्डवाट सन्तोष कुवर, नर्दन टेरीटोरीवाट हरीराम रिजाल ,वेस्टर्न अस्ट्रेलियावाट दिपक शर्मा,तास्मेनियावाट बिश्वेशस खतिवडा विजयी भएका छन ।

    अस्ट्रेलियावाट आइसीसी प्रतिनिधी सदस्यहरुको निर्वाचनमा जानकी पौडेल, दिपक कुमार भट्टराइ, गोकुल प्रशाद घिमिरे, केदार रिजाल,राजकुमार थपलिया, उषा किरण बारिया विजयी भएका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij