आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

३ सय १२ तहको मत परिणाममा १ जना मात्रै महिला मेयर, २ अध्यक्ष र २५ वडाध्यक्ष

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३१ तहको मतगणना कार्य सम्पन्न भइसकेको छ । यी मध्ये निर्वाचन आयोगले संकलन गरेको ३ सय १२ स्थानीय तहको आंकडा बर्गिकरणका आधारमा हेर्दा १ सय ९ नगरपालिकामा १ जनामात्र महिला प्रमुख पदमा निर्वाचित भएकी छिन् ।

    यस्तै २ सय २ गाँउपालिमामा भएको निर्वाचनबाट २ जना महिलाले मात्र गाँउपालिका अध्यक्ष जितेका छन् । वडाध्यक्षमा भने २५ महिला बिजयी भएका छन् ।
    नगरपालिका र गाँउपालिका प्रमुखमा पुरुष हावी

    पहिलो चरणको निर्वाचनमा जस्तै दोश्रो चरणको निर्वाचनमा पनि स्थानीय तहको प्रमुखमा पुरुष जनप्रतिनिधी हावी भएका छन् । ३ सय १२ स्थानीय तहको आधारमा हेर्दा गाँउपालिका र नगरपालिका प्रमुखमा ३ सय ९ पुरुष जनप्रतिनिधी निर्वाचित भएका छन् भने जम्मा ३ जना महिलाले प्रमुख पदमा निर्वाचित भएका छन् ।

    १ सय १० नगरपालिकाको आंकडा हेर्दा १ सय ९ पुरुष मेयर र १ महिला मेयर निर्वाचित भएका छ् । यस्तै २ सय २ गाँउपालिका अध्यक्षमा २ सय पुरुष अध्यक्षमा र २ जना महिला अध्यक्षमा बिजयी भएका छन् ।

    उपप्रमुख र उपाध्यक्षमा महिलाको बहुमत

    ३ सय १२ स्थानीय तहको आंकडामा उपप्रमुख तथा उपाध्यक्षमा महिला जनप्रतिनिधीको बाहुल्यता रहेको छ । १ सय १० नगरपालिकामा उपप्रमुखमा ७ पुरुष निर्वाचित भएका छन् भने १ सय २ महिला निर्वाचित भएका छन् । यता गाँउपालिका उपाध्यक्षमा १० पुरुष जनप्रतिनिधी चुनिएका छन् भने १ सय ९२ महिला जनप्रतिनिधी उपाध्यक्षमा चुनिएका छन् ।

    यस्तै वडा अध्यक्षमा २ हजार ६ सय ६८ पुरुष जनप्रतिनिधी विजयी भएका छन् भने २५ महिला जनप्रतिनिधी गरी कूल २ हजार ६ सय ९३ वडाध्यक्ष निर्वाचित भएका छन् ।

    ३ सय १२ स्थानीय तहमा कुल १४ हजार ३२ पदाधिकारी निर्वाचित भएका छन् जसमा नगरपालिका प्रमुखमा १ सय १० जना, उपप्रमुखमा १ सय ९ जना निर्वाचित भएका छन् । यस्तै २ सय २ गाँउपालिका अध्यक्ष, २ सय २ उपाध्याक्ष र २ हजार ६ सय ९३ वडा अध्यक्ष विजयी भएका छन् ।

    यस्तै २ हजार ६ सय ८६ महिला सदस्य, २ हजार ६ सय ६२ दलित महिला सदस्य र ५ हजार ३ सय ६८ खुला सदस्य निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij