आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरियाको सीमामा कडाइले देश छोडेर भाग्ने घटे

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • सोल ।  उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ । सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ ।

    उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेको पाइएको छ । उत्तर कोरियाबाट भागेर चीन तथा दक्षिण कोरियातर्फ जानेको सङ्ख्या पहिलो छ महिनामा निकै घटेको पाइएको समाचारमा जनाइएको छ ।

    डिएमजेट यी दुई देशतर्फ उत्तर कोरियाबाट नागरिक भाग्नका लागि प्रयोग हुने एउटा सीमा क्षेत्र हो । यहाँबाट उत्तर कोरियालीहरु दक्षिण कोरिया र चीनतर्फ पनि बर्षेनी भाग्ने गर्दछन् ।

    यसरी भागेर जानेहरु दक्षिण कोरिया भएर तेस्रो मुलुकमा जाने गर्दछन् । यो सङ्ख्या पछिल्लो छ महिनामा घट्दो रुपमा रहेको देखिएको छ ।

    यस बर्षको सुरुको छ महिना अथवा यस बर्षको सुरुवातदेखि जुन महिनासम्मको अवधिमा यसरी नागरिक भागेर दक्षिणतर्फ आउनेको सङ्ख्या ५९३ मात्र रहेको छ ।

    यो सङ्ख्या गतवर्षको यसै अवधिको तुलनामा २०।८ प्रतिशतले कमी हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दिएको तथ्याङ्कमा यस्तो देखिएको छ ।

    यसरी भाग्नेहरुमा बढीजसो महिला हुने गरेका छन् । उत्तर कोरिया छोडेर भाग्नेमा करिब ८५ प्रतिशत नै महिला हुने गर्दछन् । पुरुषहरु भने कलकारखानाको काममा धेरै व्यस्त हुने भएकोले भाग्ने अवसर निकै कममात्र पाउने गर्दछन् ।

    उत्तर कोरियाले पहिलेको तुलनामा यस बर्ष सीमामा कडाई गरेको पाइएको समाचार यसअघि पनि आएको थियो । तर यो मन्त्रालयको तथ्याङ्कले यसको पुष्टि गरेको सोलबाट विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

    यसबर्ष उत्तरले पटक पटक आणविक परीक्षणको काम गर्ने गरेको छ । उसको यस कार्यको विश्वव्यापी रुपमा विरोध र ब्यापक मात्रामा चर्चा पनि हुने गरेको छ ।

    उसको यो क्षेप्यास्त्र परीक्षणको राजनीतिसँगै उसको तारो बन्ने गरेको दक्षिण कोरियातर्फ आफ्ना नागरिक भाग्न नसकुन् भनेर यो सीमामा कडाइको रणनीति लिएको हुनसक्ने अनुमान गरिएको छ ।

    आजसम्ममा उत्तर कोरियाबाट भागेर ३० हजार भन्दा बढी नागरिक दक्षिणतर्फ पुगेका छन् । उनीहरुमध्ये अधिकांश त्यहीँ नै आफ्ना परिवारसँग बसिरहेको पाइएको छ ।

    त्यस्तै कतिपय मानिसहरु दक्षिणमा पनि नबसेर आफ्नो स्वतन्त्रताको खोजीमा हिँड्ने गरेको पाइएको छ । सोही कार्यका लागि उत्तर कोरियालीले देश छोड्ने गरेका पाइएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij