आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१ अर्ब १७ करोडको सेयर किनबेच, नेप्से बढ्न सकेन

  • प्रकाशित मिति : बुधबार, साउन ४, २०७४



  • बुधबार बजारमा १ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँले घटे पनि १ अर्ब नाघ्नुलाई उत्साहप्रद मानिएको छ।

    यस दिन क वर्गका कम्पनीहरुको सूचक सेन्सिटिभ इन्डेक्स हरियो अंकमा रहे पनि समग्र बजारको परिसूचक नेप्से रातो अंकमा रह्यो। सेन्सिटिभ ०.०२ अंकमा हरियो रहँदा नेप्से १. १४ अंकमा रातो रह्यो। नेप्से १६३७ अंकमा अडेको छ।

    समूहगत रुपमा हेर्दा बिमा र होटल समूह बढे भने अरु सबै घटेका छन्। होटल १० र बिमा ५१ अंकले बढेका छन्। फाइनान्स ७, विकास बैंक ४, जलविद्युत ३ तथा बैंकिङ र उत्पादन समूह २–२ अंकले ओर्लिए। अन्य समूह भने १ अंकमुनि रातो रह्यो।

    कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड २१ लाखको कारोबार भयो भने मूल्य १ रुपैयाँले घटेर २२ सय ७२ कायम भएको छ। दोस्रोमा रहेको नेको इन्स्योरेन्सको ७ करोड १६ लाखको कारोबार भयो।

    सो कम्पनीले २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने सूचना पनि नेप्सेमार्फत सार्वजनिक गरेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ११ सय ४७ कायम भएको छ।

    फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ७० लाखको कारोबार भयो। यस दिन अपी पावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। नेको इन्स्योरेन्सको मूल्य पनि ८ प्रतिशतले बढ्यो।

    सिनर्जी फाइनान्स, पोखरा फाइनान्स र नेसनल हाइड्रोका लगानीकर्ताले ४ प्रतिशत बढी मूल्य गुमाए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij