प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा भएको छ। साउन १५ गतेसम्म पार्टी एकीकरण गरिसक्ने गरी अहिले दुबै पार्टीका नेताहरु छलफलमा जुटेका छन्।
‘छलफल भइरहेको छ, बरियतामा बाबुरामजी पहिलो, उपेन्द्र यादव दोस्रो र अशोक राई तेस्रो स्थानमा रहनेमा विवाद छैन,’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘तर उहाँहरुको पदीय जिम्मेवारी के के हुने भन्ने विषयमा कुराकानी भइरहेको छ।’
फोरम स्रोतका अनुसार भट्टराईलाई सर्वोच्च नेता, यादवलाई अध्यक्ष र अशोक राईलाई वरिष्ठ नेता बनाएर पार्टी एकीकरण हुन लागेको बताएको छ।
फोरमका प्रमुख सचेतक डाक्टर शिवजी यादवले साउन ११, १२ र १३ गते हुने पार्टीको बैठकले दुई पार्टीको एकीकरणबारे अन्तिम टुंगो लगाउने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij