आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“मधेस आन्दोलन एक दशक पछाडि धकेलियो”- हृदयेश त्रिपाठी

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • राष्ट्रिय जनता पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठीले मधेस आन्दोलन गोलचक्करमा फसेको बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै त्रिपाठीले मधेसका एजेण्डा बलियो भए पनि नेताहरूको स्वार्थका कारण मधेस आन्दोलन कमजोर अवस्थामा पुगेको बताए।

    ‘अब मधेस आन्दोलन कुन अवस्थामा पुग्छ भन्ने छ। मधेस आन्दोलन अहिले गोलचक्करमा फसेको छ। यो झण्डै एक दशक पछाडि धकेलिएको छ,’त्रिपाठीले भने,‘ एजेण्डा शक्तिशाली भए पनि राजनीतिक नेतृत्व कमजोर र विभाजित भएकोले दोस्रो मधेस आन्दोलन बाहेक सबै आन्दोलन उपलब्धिमा पुग्न सकेन।’

    उपेन्द्र यादवले  पहिलो चरणको निर्वाचनमा भाग लिनु र राजपा अनिर्णयको बन्दी हुनुनै मधेस आन्दोलन कमजोर हुनुको प्रमुख कारण रहेको उनले बताए।

    ‘धेरै उचाइसम्म पनि मधेस आन्दोलन पुगेको हो तर निश्कर्षमा पुग्न सकेन। उपलब्धि शून्यमा मात्रै जान्छ। साहदत त्याग र बलिदानबाहेक केही भएन,’ उनले भने, ‘आन्दोलनलाई नेतृत्वले सही ढंगले लैजान सकेन। कतिपय नेताहरू माग पुरा नभएसम्म हामी मधेस छोड्दैनौ भन्थे तर, ती नेताहरू बालुवाटार र प्रचण्डजीसँग भेटन काठमाडौं आउथे मोर्चामा समेत छलफल हुँदैन थियो।’

    नेताहरुको अन्यौलताले दोस्रो आन्दोलन बाहेक जतिसुकै उचाइमा पुगे पनि परिणाम दिन नसकेको उनको भनाई छ। ‘मधेसवादी राजनीतिक नेतृत्व अब यो आन्दोलनलाई उठाउन सक्ने अवस्थामा छैनन् भन्ने मेरो निश्कर्ष हो,’ उनले भने, ‘अहिले नै केही भविष्यवाणी गर्न सकिन्न। यो नेतृत्व आफ्नो इज्जत बचाउन लागिरहेको छ।’

    असोज दुई गतेको निर्वाचनमा कसरी नेतृत्व अघि बढ्छ त्यसले नै राजपाको आगामी बाटो तय गर्ने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij