प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४
प्रधानमन्त्री कार्यालयको विदेशी भेट्ने कक्षमा राखिएको चीनतिरबाट खिचिएको सगरमाथाको तस्बिर हटाइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार सो तस्बिर हटाएर नयाँ तस्बिर राख्न लागिएको छ। ‘पर्यटन बोर्डलाई नयाँ तस्बिर पठाउन पत्र पठाइएका छौं, सकभर आजै साँझ नभए भोलिसम्म नेपालतिरबाट खिचेको तस्बिर राख्छौं,’ परियारले भने।
उनले सो कक्षको भित्तामा नेपाली कला संस्कृति र रहनसहन झल्झिने पेन्टिङ राख्ने योजना बनिरहेको जानकारी दिए।
प्रधानमन्त्रीले विदेशी भेट्ने कक्षमा चीनतिरबाट खिचेको सगरमाथाको तस्बिरबारे सेतोपाटीले अाज बिहान समाचार प्रकाशित गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij