आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकताको संघारमा बाबुराम भट्टराईलाई केन्द्रीय सदस्यहरुका ३ सर्त

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताको क्रममा रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यहरुले संयोजक बाबुराम भट्टराईसमक्ष तीनबुँदे सर्त अघि सारेका छन्।

    नयाँ शक्तिको आर्थिक विभाग प्रमुख सुनिल खड्कासहित केन्द्रीय कार्यकारी समितिका ५० जना सदस्यले ‘यथास्थितिमा संघीय समाजवादी फोरमसँग एकता भए आफूहरु नमान्ने’ बताएका छन्।

    पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकीकृत पार्टीको नामबाट फोरम शब्द हटाउनुपर्ने र जबर्जस्ती एकता घोषणा गरे आफूहरु नयाँ पार्टीमा नगई नयाँ शक्तिमै बसेर काम गर्ने उनीहरुको सर्त छ।

    एकीकरणको संघारमा रहेको नयाँ शक्ति नेपालका झन्डै ५० जना केन्द्रीय सदस्यले यस्तो सर्त राखेपछि भट्टराईले सोमबार र मंगलबार केन्द्रीय समिति बैठक डाकेका छन्। ‘बाबुराम भट्टराईबाहेक हामी उपेन्द्र यादवलाई अध्यक्ष मान्न तयार छैनौं,’ आर्थिक विभाग प्रमुख खड्काले भने, ‘अधिवेशनमा यादव विजयी भएर आए भने हामी स्वीकार गर्छौ।’

    एकतापछि पार्टीको नाम नयाँ शक्ति फोरम राख्ने निर्णय भएकोमा पनि केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन्। ‘पार्टीको नाममा फोरम राखिनु हुन्न भन्ने हाम्रो माग हो,’ खड्काले भने, ‘फोरम भनेको समूह हो। यो शब्दबाहेक अरु जेसुकै राखे पनि हामीलाई मान्य हुनेछ।’

    एकतापछि यादवले पार्टी नेतृत्व गर्ने र पार्टीको नाममा फोरम शब्द राख्ने भए आफूहरु नयाँ शक्तिमै बसेर काम गर्ने खड्काले बताए।

    ‘हाम्रा माग सुनुवाइ नभए हामी बाबुराम भट्टराईले नै ल्याएको पार्टी सिद्धान्तमा रहेर सोही पार्टीमा काम गर्छौं,’ उनले भने, ‘भट्टराई फोरममा विलय हुन गए हामी नयाँ शक्तिमै बसेर नेतृत्व लिन्छौं।’

    दुई पार्टीबीच यही साउन १५ गते एकता हुँदैछ। उपेन्द्र यादव अध्यक्ष रहने, बाबुराम भट्टराई सर्वोच्च नेता रहने र अशोक राई वरिष्ठ नेता रहने सहमति भएको छ। स्थानीय निकायको चुनावमा यी दुई पार्टीले तालमेल गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij