आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गौरवका आयोजना लक्षित नयाँ ऐन निर्माणमा सहयोग गर्न मन्त्रीलाई ध्यानाकर्षण

  • प्रकाशित मिति : आइतवार, साउन १५, २०७४



  • संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कामलाई तिब्रता दिन र त्यस्ता आयोजना निर्धारित समयभित्रै सक्ने प्रबन्ध मिलाउने गरी नयाँ ऐन निर्माणमा सहयोग गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको ध्यानाकर्षण गराएको छ ।

    समिति सदस्यसमेत रहेका थापा कानुनमन्त्री बनेपछि अन्य निकायबाट नयाँ ऐन बनाउन तदारुपता नदेखिएको भन्दै कानुनमन्त्रीलाई तदारुकता देखाउन समितिले आग्रह गरेको हो ।

    समिति सभापति रविन्द्र अधिकारीले मन्त्री बनेकोमा बधाई दिँदै थापाले यो प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

    यसअघि समितिले सबै सरोकारवालाहरुलाई बोलाएर ऐन निर्माणको मस्यौदा बनाउन निर्देशन दिएको थियो ।

    यस्तै समितिले वीरगन्ज र जनकपुरको एकीकृत विकासको काम गुणस्तरीय नभएको बारे छलफल गरेको छ ।

    समितिले जनकपुर र वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, सहरी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका वैदेशीक महाशाखा प्रमुख र योजना आयोगका सहरी विकास हेर्ने सदस्यलगायतसँग छलफल गरेको हो ।

    एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सडक, ढल निर्माणलगायतका काममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको गुनासो आएपछि समितिले पनि अनुगमन गरेको थियो ।

    समितिले ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै त्यसमा सुधार गर्न सरकारी निकायलाई निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij