आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डेढ करोड खर्चिएर ,सडकको अवस्था यस्तो !

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • म्याग्दी  । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडकको अवस्था भने जीर्ण र कहालीलाग्दो छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीका लागि १ करोड ५० लाख बढि बजेट खर्च गरेपनि सडकको अबस्था भनै जस्ताको तस्तै छ ।

    यो सडकमा विभिन्न क्षेत्रबाट प्रप्त डेढ करोड रकम खर्च गरेपनि सवारी साधन सहजै चल्न भने सक्दैनन् । आर्थिक बर्ष २०७३ /०७४ मा सांसद विकास कोषबाट रु ४० लाख, अर्थमन्त्रालयबाट रु १ करोड, जिल्ला समन्वय समितिबाट रु १५ लाख बजेट यो सडकका लागि विनियोजन भएको थियो । तर, सडक स्तरोन्नती गर्न यति धेरै बजेट खर्चिदा पनि सडकको अबस्थामा सुधार नहुँदा रघुगंगा गाउँपालिकाका बहुसंख्यक नागरिकहरु समस्यामा परेका छन् ।

    सडक फराकिलो भएपनि भलबाढी तर्काउन नालि निर्माण नहुनु र हिलो भएको ठाउँमा ग्राभेल नगर्दा सडकको अधिकांश भाग जिर्ण बनेको छ । गलेश्वरदेखि पिप्ले हुँदै भगवती– बेगखोला– चिमखोला सडक र पिप्लेदेखि मौवाफाँट हुँदै दग्नाम सडकमा रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ वडाका नागरिकहरुले आवत जावत गर्दै आएका छन् ।

    वैज्ञानिक तवरले सडक मर्मत नगर्दा जोखिम मोलेर सवारी साधन वारपार गराउनुपर्ने बाध्यता रहेको मौवाफाँटका बोलेरो चालक सुरज भण्डारीले बताए । पानीपर्दा हिलोमा याताया फस्ने र महत्वपुर्ण सामानहरु भाच्चिने हुँदा भाडा समेत बढाउनुपर्ने र यात्रा समेत कष्टकर हुने गरेको सवारी चालक उमेश आचार्यले बताए ।

    सदरमुकाम बेनीको बसपार्कबाट सहज रुपमा यातयात सुचारु भए १ घण्टामा राखु भगवती मैदान पुग्न सकिने भएपनि अहिले प्रतिव्यक्ति रु ३ सय रुपैयाँ भाडा तिर्न बाध्य छन् । बर्षासंगै सडकको अबस्था जीर्ण बनेपछि अहिले सवारी साधन समेत पाउन मुस्किल पर्न थालेको छ । रिर्जभ गरि गाउँ जान अनुरोध गर्दा समेत सहज रुपमा सवारी साधन पाउन नसकेको प्रवासबाट आएर गाउँ जान लागेका धर्मराज कार्कीको भनाई छ ।  २०६४ सालमा गलेश्वर देखि राखुसम्म उक्त सडकको ट्रयाक खोलिएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij