आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवासहित कांग्रेसका शीर्ष नेता जनकपुरमा

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • प्रदेश नम्बर २ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसले जनकपुरमा बृहद कार्यकर्ता भेला आयोजना गरेको छ। जनकपुरस्थित  महेन्द्र नारायणनिधि सांस्कृतिक केन्द्रमा  बिहिबार दिउँसो हुने प्रदेश नम्बर २ को कार्यकर्ता भेलालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्।

    उक्त भेलाले प्रदेश नम्बर २ का चुनावी एजेण्डा के हुने ?कसरी प्रचारप्रसार गर्ने ?भन्ने रणनीति तय गर्ने छ। जनकपुरमा हुने भेलामा भाग लिन कांग्रेसका शीर्ष र केन्द्रीयस्तरका धेरै जसो नेता त्यहाँ पुगिसकेका छन्। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सितादेवी यादव सहित नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायत जनकपुर पुगेका छन्। भेलामा प्रदेश नम्बर २ का महासमिति सदस्य, जिल्ला सभापतिहरु पनि उपस्थित भएका छन्। २ नम्बर प्रदेशमा चुनावी माहोल सिर्जना गर्न, टिकट वितरण लगायतका समस्या कसरी सुल्झाउने भन्नेबारे छलफल गर्न र जनमत बुझ्न कांग्रेसले यो भेला आयोजना गरेको हो।

    प्रदेश नम्बर २ कांग्रेसको राम्रो प्रभाव क्षेत्र मानिन्छ। कांग्रेसभित्र पनि देउवा गुट यहाँ अलि बलियो छ। यहाँका ८ जिल्लामा धेरैजसो जिल्ला सभापति देउवा निकट छन्। प्रदेश नम्बर २ का ८ जिल्लामा १२७ स्थानीय तह छन्। यसअघिको संविधानसभा निर्वाचनमा यो प्रदेशका ४८ क्षेत्र मध्ये कांग्रेसले २१ वटा निर्वाचन क्षेत्र जितेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij