आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राप्रपाद्वारा १९ नेतालाई कारबाही

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ ।

    यहाँ आज आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनिलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा, गिरिधर परियार, विन्दु पहाडी, दीपककुमार राई, प्रदीपकुमार राई, बिराजबहादुर विष्ट, वविना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो । उनीहरुलाई आगामी छ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

    पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा आज बसेको बैठकले एकता अधिवेशन भएको छ महिनाभित्र पार्टी विभाजन हुनु दुःखद र दुर्भाग्यपूर्ण रहेको निष्कर्ष निकालेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। पार्टी नेता तथा कार्यकर्तालाई विचलित नभईकन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणमा जुट्न बैठकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij