आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिबन्धित नोट पशुपतिमा चढाइन्छ

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • भारतमा प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् । यो खबर सरोज आचार्यले आजको गोरखापत्रमा लेखेका छन्।

    पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ । यसरी ठूलो परिमाणमा प्रतिबन्धित भारतीय रुपियाँ सङ्कलन हुन थालेपछि पशुपति क्षेत्र विकास कोषलाई निकै समस्या परेको छ ।

    पशुपतिनाथका सेवक (बिशेट) अरुण श्रेष्ठका अनुसार करिब सात लाख बेचल्तीका भारतीय रुपियाँ भेटीका रूपमा पशुपतिनाथमा छन् । उनका अनुसार भारत सरकारद्वारा वैधानिकता समाप्त गरिएका यी नोटको कोषले खातामा आम्दानी बाँध्ने गरेको छैन । उनले आम्दानीलाई नबाँधिए पनि नोटलाई सेफमा सुरक्षित राख्ने गरिएको बताए।

    यी भेटीलाई के कसो गर्ने हो भन्ने विषयमा कोष रनभुल्लमा छ । यस्ता नोट आउने क्रम पनि छँदैछ । अलिअलि गर्दै यी नोट जम्मा भएको श्रेष्ठले बताए। “पशुपतिनाथ, वासुकी, हनुमानजी, नवग्रहलगायत परिसरका मन्दिरमा भेटी दानपात्रमा खसाल्नुपर्ने व्यवस्था छ । दानपात्र खोलेर भेटीको गणना गर्दा बेचल्तीका भारतीय रुपियाँ भेटिन्छन्,” उनले भने।

    रसिद काटेर नगदै हिसाब बुझ्नुपर्ने विशेष पूजाका भेटीका लागि भने कोषले बेचल्तीका यी नोट लिने गरेको छैन ।

    भारतबाट आएका केही बोलबम यात्रीबाट पनि यी नोट ल्याइएको अनुमान कोषको छ । कोषका एक अधिकारीले जम्मा भएको नोट बेचल्ती भए पनि बेचल्तीकै रूपमा नोटको गणना गरी एकमुष्ट हिसाब राखिएको जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij