आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार महासंघमा आचार्यको समूह विजयी, सदस्यमा मिश्रित परिणाम

  • प्रकाशित मिति : मङ्लबार, भदौ ६, २०७४



  • काठमाडौं । नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ ।

    प्रदेश तथा खुल्ला केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

    नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत अन्तरले पराजित गरे ।

    Fnjfinal

    खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । थापामगरले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

    महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।

    fnjfinal2

    प्रदेशबाट निर्वाचितहरु

    प्रदेश नम्बर १

    सटेन्द्र जबेगु (प्रेस चौतारी)
    उद्धव तिमिल्सिना (प्रेस युनियन)

    प्रदेश नम्बर २

    देवराम यादव (प्रेस सेन्टर)
    शैलेन्द्र झा (प्रेस युनियन)

    प्रदेश नम्बर ३

    द्वारिका काफ्ले (प्रेस चौतारी)
    कृष्ण गिरी (प्रेस चौतारी)

    प्रदेश नम्बर ४

    रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
    नवीन कुइँकेल (प्रेस सेन्टर)

    प्रदेश नम्बर ५

    बसन्त गिरी (प्रेस सेन्टर)
    पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

    प्रदेश नम्बर ६

    कलेन्द्र सेजवाल (प्रेस युनियन)
    पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

    प्रदेश नम्बर ७

    मीन बम (प्रेस युनियन)
    उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

    काठमाडौं उपत्यका

    लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
    गोबिन्द चौलागाईं (प्रेस चौतारी)

    प्रतिष्ठान तर्फ

    टिकाराम प्रधान (प्रेस सेन्टर)
    यम बिरही (प्रेस युनियन)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij