आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय बुलेटबाट बाहिरन्छ तीन अर्ब

  • प्रकाशित मिति : सोमवार, भदौ १२, २०७४



  • नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् ।

    बुलेटमार्फत ग्यास ढुवानी गर्ने भारतका ठुल्ठूला व्यवसायी संलग्न छन् । भारतको १० जना व्यवसायीको ६ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटको बुलेट नेपालमा ग्यास ढुवानी गर्दै आएका छन् ।

    सबैभन्दा बढी रमेश बत्रा नामक व्यवसायीको बुलेट नेपालमा सञ्चालनमा छन् । बत्राले मात्रै तीन सय ७० थान बुलेटबाट ग्यास ढुवानी गरेबापत वार्षिक डेढ अर्बभन्दा बढी रकम नेपालका एलपीजी ग्यास उद्योगीबाट लिँदै आएका छन् ।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ।

    नेपाल एलपीजी उद्योग संघका अनुसार बत्रावाहेक नेपालमा राधेश्याम अग्रवालको सय, इण्डो नेपाल एलपीजी बल्क ढुवानी संघका अध्यक्ष सतिश शर्माको ३५, जसविन्द्र सिंहको ५०, नरेन्द्र सिंहको ५०, आकाश जैनको ३०, एसएलआर ट्रान्सपोर्टको ४४ लगायतसहित अन्य भारतीय व्यक्तिको ६ सय ५० भन्दा बुलेट नेपालमा ग्यासको ढुवानीसम्बन्धी कारोबार गर्दै आएको छ । एउटा ढुवानीकर्ता व्यवसायीको बुलेट नेपालका पाँचदेखि १० वटा बोटलिङ तथा रिफिलिङ उद्योगले प्रयोगमा ल्याउँदै आएका छन् ।

    नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनमा आएमा वार्षिक करिब तीन अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट आर्जन गर्न नसकिने भारतीय व्यवसायीको ठहर छ ।ढुवानीकर्ता व्यवसायीले बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डरमा लाग्ने ग्यास बराबर ८२ रुपैयाँ ढुवानी खर्चका दरले नेपाली बोटलिङ तथा रिफिलिङ उद्योगबाट असुल गर्छ ।

    १८ मेट्रिक टन ग्यास हुने एक बुलेटबाट एक हजार दुई सय ५० सिलिन्डर तयार हुन्छ । यही दररेटमा भारतीय ढुवानी व्यवसायीले बुलेट प्रयोग गरेबापत ढुवानी खर्च स्वदेशी उद्योगबाट प्राप्त गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij