आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले शिर्ष नेताहरु मधेसमा सक्रिय

  • प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४



  • स्थानीय तहको चुनावी प्रचारमा एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन् । कार्यवाहक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमा खटिएका छन् ।

    गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

    बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन् । त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन् ।अाजकाे नयाँपत्रिकामा खवर छापिएकाे छ।

    ‘उपलब्ध नेताहरू अहिले प्रदेश नं. २ मा सक्रिय हुनुहुन्छ,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित हुनुहुन्छ ।’

    स्थायी समितिले पदाधिकारीलाई जिल्ला नै तोकेर चुनावका लागि यसअघि नै खटाइसकेको छ । जसअनुसार महासचिव पोखरेल, धनुषा, उपमहासचिवद्वय पौडेल पर्सा, अर्का उपमहासचिव घनश्याम भुसाल रौतहट, सचिवहरू प्रदीप ज्ञवाली सिरहा, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र भीम आचार्य सप्तरी खटिइसकेका छन् ।

    एमालेले सोमबार अबेरसम्म प्रदेश नं. २ का थप पाँच जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । सप्तरी, सिरहा, बारा, पर्सा र सर्लाहीका तहहरूको उम्मेदवार टुंगो लागेको प्रदेश संयोजक सत्यनारायण मण्डलले बताए ।

    धनुषा, रौतहट र महोत्तरी जिल्लाका उम्मेदवारको नाम पनि रातभर टुंगो लगाएर मंगलबार सार्वजनिक गर्ने उनले जनाए । ‘हामी बैठकमै छौँ । मंगलबार सबै नाम बाहिर आउँछ,’ मण्डलले भने, ‘एकाध ठाउँमा मात्रै उम्मेदवारको नाम फेरबदल हुनेछ ।’

    प्रदेश नं. २ का एक सय ३६ स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाउन दुई दिनदेखि एमालेको संयन्त्र बैठक बसिरहेको छ । एमालेले यसअघि नै वीरगन्ज महानगरपालिकाको मेयरमा बसुरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरिसकेको छ ।

    कलैया उपहानगरपालिकाको मेयरमा विनोद शाह र जितपुर उपमहानगरपालिकामा डा. कृष्ण पौडेल, लाहान नगरपालिकामा मुन्नीलाल शाहलाई उठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । जनकपुर उपमहानगरपालिकाको उम्मेदवारबारे भने अझै टुंगो लागिसकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij