आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्डको मुकाम जनकपुर: बिहान ‘मर्निङ वाक’, दिउँसो बैठक

  • प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४



  • विराटनगरबाट सोमबार राति १० बजे बास बस्न जनकपुर आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार बिहानै मर्निङ वाकमा निस्किए।

    ट्रयाकसुटमा दुई किलोमिटर लम्किएपछि प्रचण्डलाई स्थानीयले रोके।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई देखेपछि स्थानीयले चिया पिउन आग्रह गरे। मुस्लिम बस्तीमा रोकिएका प्रचण्डले चिया पिए।

    स्थानीयले गुनासो गरे- मधेसको विकास भएन। मुस्लिमलाई कसैले हेरेन।

    सँगै मर्निङ वाकमा गएका प्रचण्ड पुत्र  प्रकाश दाहालका अनुसार माओवादी अध्यक्ष आँगनमै देखेपछि  स्थानीय ‘सरप्राइज’ मा परे। ‘कोही पनि नेता हिँडेर गाउँ नआएको भन्दै उत्साही भए, एकैछिनमा टोल नै जम्मा भयो’, प्रकाशले सेतोपाटीसँग भने, ‘चुनाव के हुन्छरु भन्ने जिज्ञासा धेरैको थियो।’

    चुनावी प्रचारप्रसार गर्न मधेसमा सक्रिय रहेका प्रचण्डले पनि मुस्लिम र उत्पीडितको अधिकारको पक्षमा माओवादी रहेको बताउन भुलेनन्।

    बिहानै मर्निङ वाकमा निस्किएका प्रचण्ड अहिले प्रदेश नं २ को १३६ स्थानीय तहमा उम्मेद्वार टुङ्ग्याउने कसरतमा छन्। प्रकाशका अनुसार प्रचण्ड अझै दुई दिन मधेसमा रहनेछन्।

    माओवादीले आज वा भोलिसम्ममा प्रदेश नं २ को उम्मेद्वार टुङ्गो लगाउनेछ। असोज २ गते तोकिएको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको कमाण्ड प्रचण्ड आफैँले सम्हालिरहेका छन्।

    त्यसो त माओवादीका अधिकाशं नेताहरू अहिले मधेसमै छन्। सिराहा ( ५ बाट निर्वाचित प्रचण्ड बाढीपछि राहत वितरण गर्न समेत मधेस झरेका थिए।

    राजधानी आएका बेला समेत उनले मधेसमा माओवादीको पक्षमा लहर आएको बताएका थिए। साथै राजपाबाट धेरै नेता माओवादी पक्षमा आउन लागेको बताएका थिए।

    ‘मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ’, प्रचण्डले भनेका थिए। निर्वाचनको ठीकअघि एमालेबाट माओवादी हुँदै नयाँ शक्ति पुगेका रामचन्द्र झा माओवादी फर्किसेका छन्।

    त्यस्तै अघिल्लो निर्वाचनमा माओवादीबाट छुट्टिएका मातृका यादव पनि माओवादी जिताउन प्रदेश २ मा सक्रिय छन्। असन्तुष्ट मधेस केन्द्रीत दलहरुलाई संसद फर्काउनेदेखि संविधान संशोधनको प्रस्ताव दर्ता गरेर माओवादी मधेसमा आफ्नो पक्षमा माहोल बनाइरहेको छ।

    ‘स्थानीय पनि अहिले माओवादीले लिड गरे हुन्थ्यो। हाम्रो अधिकार सुरक्षित हुन्थ्यो भनिरहेका छन्’, जनकपुरको मर्निङ वाकमा स्थानीयको कुराकानी उल्लेख गर्दै उनले भने।

    मधेस केन्द्रीत दल र कांग्रेससँग तामलेको विषयमा समेत प्रचण्डले जनकपुरबाटै निर्णय लिने तयारी गरिरहेका छन्। ‘तामलेलको बहस पनि जारी छ, तर टुङ्गिसकेको छैन’, प्रकाशले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij