प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४
निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै भनेको छ, ‘मंसिर १० गते सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता २०७२ आजैको मितिदेखि लागू भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’
आयोगका अनुसार निर्वाचन आचारसंहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतमा लागू हुनेछ ।
आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाका लागि प्रावधान राखिएको छ, जसमा नयाँ कार्यक्रम गर्न नहुने उल्लेख छ ।
‘नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन,’ दोस्रो बुँदामा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले महाकाली पुलमा बन्ने चार लेनको पक्की पुल शिलान्यास गर्दैछन् । पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३ दशमलव ८ मिटर रहने छ ।
३ अर्ब २६ करोड ९३ लाख ३४ हजार ४ सय ९१ रुपैयाको लगानीमा बनाउन लागिएका चार लेनको पक्की पुल ३ वर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ । पुलको ठेक्का कुमार सिएफईसी जेभी, महेन्द्रनगरले लिएको छ । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ९९ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij