आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने : अध्यक्ष यादव

  • प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४



  • मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

    आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले  देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।

    अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरूले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।

    अर्को प्रसंगमा उनले उच्च तहमा दलित नपुगेसम्म देशमा लोकतन्त्र स्थापित हुनै सक्दैन भने ।

    त्यस अवसरमा नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करीब पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले उनीहरूलाई स्वागत गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij