प्रकाशित मिति : शनिबार, भदौ १७, २०७४
केन्द्रिय सदस्य शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले वीरगन्जमा चुनावी प्रचार सुरु गरेको छ। उपमेयर पदका उम्मेदवारीका लागि टिकट वितरणमा दुई हप्तादेखि नेपाली कांग्रेस पर्सामा भएको विवाद समाधानपछि नेपाली कांग्रेसले आजदेखि प्रचार प्रसार सुरु गरेको हो।
कांग्रेसको तर्फबाट वीरगन्जका मेयरमा अजय द्धिवेदी र उपमेयरको पदमा सुश्री शान्ति कार्कीलाई उम्मेदवार बनाउने निर्णय पछि शुक्रबार बिहानदेखि कांग्रेसले केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाको नेतृत्वमा घरदैलो कार्यक्रम गरेको छ।
वीरन्जको विभिन्न टोलमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, सभासद राजेन्द्र बहादुर अमात्य, मेयरको उमेद्वार अजय दिवेदी, उपमेयरका उम्मेदवार शान्ति कार्कीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij