आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सकियो नाडा अटो मेला, ३ अर्बको सवारी साधन बुकिङ

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • १२ औं नाडा अटो सो मेला सकिएको छ। भृकुटीमण्डपमा मंगलबारदेखि आज आइतबारसम्म चलेको मेलाको ६५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ।

    अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको मेलामा १६ सय मोटरसाइकल तथा स्कुटर बुकिङ भएका छन्। त्यस्तै १ हजार चार पाङ्ग्रे सवारीसाधन बुकिङ भएको मेलाका संयोजक दिपककाजी तुलाधरले जानकारी दिए। उनका अनुसार दुई पांग्रे तथा चार पांग्रे सवारी साधन र पार्टपूर्जा गरी ३ अर्ब बढीको बुकिङ भएको छ।

    विविध बिधामा उत्कृष्ट स्टलहरुलाई पनि समापनका अवसरमा सम्मान गरिएको छ। बेस्ट सपोर्टिङ स्टलका रुपमा सरन इलेक्ट्रोनिक्स, बेस्ट कमर्सियल स्टलका रुपमा अशोक लेल्याण्ड, टु ह्विलर बेस्टमा बजाज, फोर ह्विलर बेस्टमा गो अटोमोबाइल्सलाई सम्मान गरिएको छ। त्यस्तै गेट पासको लक्की ड्रमार्फत कुपन नं. ०२४८४० ले यूएम बाइक उपहार प्राप्त गरेको छ।

    समापन अवसरमा नाडाका अध्यक्ष अन्जान श्रेष्ठले १२ औं मेला उत्साह र सफलतापूर्वक सम्पन्न भएको बताए। आयोजकले ५० हजारले मेला अवलोकन गर्ने जनाए पनि समापन हुँदा लक्ष्यभन्दा बढी भएकोमा उनले खुसी व्यक्त गरे।

    नेपाली बजारमा भित्रिएका विश्वका सबै ब्रान्डका सवारी साधन मेलामा राखिएको थियो। एउटै छानामुनि सबै सवारीसाधनबारे बुझ्न सकिने भएकाले सर्वसाधारणका लागि मेला महत्वपूर्ण बनेको आयोजक समितिका सदस्य अनुप बरालले जानकारी दिए।

    साना, ठूला गरी ९१ वटा कम्पनीहरु सहभागी भएको मेलामा १ सय ३० वटा स्टल राखिएका थिए। मेलामा चार पाँग्रे गाडीहरु, मोटरसाइकल तथा स्कुटर, तिनका पार्टपूर्जा, लुब्रिकेन्टस लगायतका स्टलहरु थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij