आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्तरीमा कांग्रेसले टुंग्यायो उम्मेदवार, को को भए?

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • नेपाली कांग्रेस महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ।

    नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र कुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुख मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशिला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोक कुमार साह र उपप्रमुखमा अनिता देवी शर्मालाई उम्मेदवार बनाएको छ।

    त्यस्तै मटिहानी नगरपालिकाको प्रमुखमा जयकुमार चौधरी र उपप्रमुखमा जुमैदा खातुन, मनरासिस्वा नगरपालिकाको प्रमुखमा किशोर कुमार सिंह प्रितम र उपप्रमुखमा आशादेवी सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा राजाराम यादव र उपप्रमुखमा पुष्पादेवी महतो लाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामरति देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, सोनमा गाउँपालिकाको अध्यक्षमा नवलकिशोर यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा शेष रकिव, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा जानकी देवी महतो र औरही नगरपालिकाको प्रमुखमा सुनिल कुमार यादवलाई लाई उम्मेदवार बनाएको सभापति यादवले बताए।

    सोनमा, सम्सी गाउँपालिकाको उपाध्यक्ष र औरही नगरपालिकाको उपप्रमुखको चयन सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्ने उनले बताए ।

    त्यस्तै बलवा, भंगहा र लोहारपट्टी नगरपालिकाको प्रमुख एवं उपप्रमुखमा विवाद देखिएकाले पार्टी केन्द्रिय कार्यालयले नै निर्णय गर्ने बताए । सभापति यादवले नगरबाट मेयर र उपमेयर पदमा उम्मेदवार बनेकाहरुलाई जिताउन सबै कार्याकर्ताहरु एक जुट भएर लाग्नु पर्ने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij