प्रकाशित मिति : मङ्लबार, भदौ २०, २०७४
स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्था महाशाखाका उपसचिव बाबुराम लामिछानेले आव २०७३/०७४ मा ९३ प्रकारका उपकरण, भ्याक्सिन र सवारीसाधन खरिद गरिएको जानकारी दिए ।
उपसचिव छामिछाने भने, ‘बीमा कार्यक्रमलाई पनि लक्षित गरी सबै स्वास्थ्य केन्द्रलाई उपकरणयुक्त बनाउन लागिएको हो, जनतालाई स्थानीय तहमै स्वास्थ्य उपचारमा विश्वास दिलाउनु पनि आवश्यक छ ।’
स्वास्थ्य संस्थाका लागि आवश्यक सुत्केरी गराउने श्यैया, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी, डेन्टल र डे«सिङ सामग्री, भेन्टिलेटर, इसिजी मेसिन, अल्ट्रासाउण्ड, एनेस्थेसिया मेसिन, पोस्टमार्टम किट, नाक– कान– घाँटी जाँच्ने सेट, मोटरसाइकल, पिकअप भ्यान, स्कुटर, ल्यापटप, सोलार, प्रिन्टर, फर्निचर, बिरामी जाँच गर्ने सम्पूर्ण साधनलगायत आवश्यक ९३ प्रकारका सामग्री खरिद भएको महाशाखाले जनाएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij