आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराटनगर भन्सारमा राजस्व संकलन प्रभावित, लक्ष्य अनुरुप संकलन नहुने संकेत

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • बिराटनगर, भदौ २२ । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित भएको छ ।

    योसँगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनसमेत प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड रुपैयाँ राजस्व गुमेको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।

    भदौमा २ अर्व ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ८३ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण वस्नेतले जानकारी दिए ।

    भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ३१ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमा गत साउनमा १ अर्व ७० करोड रुपैयाँ मात्र राजश्व असुली भएको थियो ।

    जबकी साउनमा २ अर्ब १८ करोड राजस्व असुली गर्ने लक्ष्य थियो । तीन साताअघिको बाढीले मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएको थियो ।

    पुलमा क्षति पुगेपछि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    मालवाहक गाडीलाई प्रवेश निषेध गरिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यातको सम्पूर्ण काम अहिले ठप्प जस्तै हुन पुगेको छ ।

    राजश्व असुली नै प्रभावित भएपछि नेपाली व्यवसायी र स्थानीय प्रशासनले पटक पटक सो पुल मर्मत गरीदिन भारतको बिहार सरकारलाई आग्रह गरेपछि दुई दिन अघिबाट मात्रै पुल मर्मतको काम अघि बढाइएको छ । पुल सञ्चालनमा आउन दुई साता लाग्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij