आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्री शर्माको स्पष्टीकरण- ‘मन्त्रालयकै अधिकार प्रयोग गरी कर्मचारीको सरुवा तथा बढुवा’

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयको अधिकार प्रयोग गरी कर्मचारीको सरुवा तथा बढुवा गरेको स्पष्ट  पारेका छन् ।

    प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विद्यमान नियम कानून मिचेर मनपरी कर्मचारी सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ मागेपछि मन्त्री शर्माले त्यस बारे शुक्रबारको बैठकमा सदनलाई जानकारी गराएका हुन् ।

    उनले प्रहरीको बढुवा उच्च अधिकारीले दिएको नम्बर र सिफारिसका आधारमा र मन्त्रालयको अधिकार प्रयोग गरी कर्मचारी सरुवा गरेको भन्दै सरकार विधि, प्रक्रिया र पद्धति अनुसार अघि बढेको दाबी गरे ।

    गृहमन्त्री शर्माले बारबार उठिरहने र छलफल भइरहने कर्मचारी सरुवा तथा बढुवाको विषयको दिर्घकालीन समाधानका लागि संघीय प्रहरी ऐन अन्तिम चरणमा पुर्‍याएको तथा स्थानीय प्रशासन ऐन मार्फत प्रशासन सम्बन्धी सबै समस्या सम्बोधन गर्ने गरी तयारी भइरहेको जानकारी गराए।

    गत सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणमा संविधान संशोधनका बारेमा दिएको अभिव्यक्ति, ग्यास तथा पेट्रोल पाईपलाईन विच्छाउने, पश्चेश्वर आयोजनाको डिपीआर निर्माणका लागि नेपाली टोली भारत पठाएको, कर्मचारी सरुवा तथा आयल नियमको जग्गा खरीदमा भएको भ्रष्टाचारबारे सरकारको जवाफ माग गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij