आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलित महिला पनि स्थानीय तहको नेतृत्व लिँदै

  • प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४



  • महोत्तरीको दलित समुदायका महिला स्थानीय तहको नेतृत्व लिनका लागि अगाडि बढेका छन्।
    २० वर्षपछि २ नं– प्रदेशमा तेस्रोचरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उनीहरुले स्थानीय तहको विकास लागि निर्वाचनमा सहभागी भएको जनाएका छन्।

    वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएकी गौशाला नगरपालिका– ११ की फूलकुमारी सदा आजभोलि दिनभरि नै मत माग्नमा व्यस्त देखिएकी छिन्। आफू दलित समुदायको भएकाले समाजमा सदियौँदेखि कायम रहेको भेद्भाव, छुवाछुत र विकास नै आफ्नो मुख्य एजेण्डा रहेको ३८ वर्षीया प्रमुखकी उम्मेदवार सदाले बताइन्।

    यता राप्रपाबाट वडा सदस्यमा गौशाला नगरपालिका– ११ बाट उम्मेदवारी दिएकी ६५ वर्षीया कुल्फीदेवी सदाको इमान्दारीपूर्वक काम गर्ने भनि भोट माग्दै आएकी छन्। श्रीमान् वैदेशिक रोजगारमा गएको तीन बच्चाकी आमा फूलझरदेवी सदाको दिनचर्या आजभोलि जनताको घरदैलोमा बित्ने गरेको छ। ऐलानीमा बसोबास गर्दै आए पनि आफू जनताको सेवामा दिनरात रहने प्रतिवद्धता उनको छ।

    घरबाट घुम्टो ओढेर बहिर निस्किने मधेशी समुदायका महिला इच्छुक भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुनु भनेको समाजबाट महिला हिंसा अन्त्य हुनु सरह रहेको गौशाला नगरपालिका– ११ की शिक्षिका सुनिता कुमारीको धारणा छ। शिक्षाको कारण मधेशी महिलाको यस्तो हौसलालाई सबैले सम्मान गरिनुपर्ने शिक्षिका सुनिताले सबैसँग आग्रह गरे।

    समाजमा घर गृहस्थी राम्ररी सम्हाल्नसक्ने महिला निश्चित नै स्थानीय तहको विकास निर्माण कार्यमा सफलता हासिल गर्नमा सक्षम हुने महिला अधिकारकर्मी शारदा थापाले बताइन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij