आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड

  • प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४



  • नेपाली काँग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा नेताले जोड दिएका छन्। सदरमुकाम बेँसीशहरमा आयोजित बिपीको विचारः आजको सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन्।

    कार्यक्रममा बोल्दै राज्य व्यवस्था समितिका अध्यक्ष दिलबहादुर घर्तीले राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने बताए।

    उनले बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।
    ‘शासन नेताले चाहेजस्तो होइन जनताले चाहेजस्तो हुनुपर्छु नेता घर्तीले भने ‘त्यो स्वतन्त्रताको लडाइ बिपीले गर्नुभएको थियो।’

    कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, निवर्तमान सभापति कृष्ण कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति वृषराज गुरुङलगायतले काँग्रेस नेतृत्वले बिपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको धारणा व्यक्त गरे।

    कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष विनोद न्यौपानेले बिपीको राजनीतिक इतिहासको बारेमा कार्यपत्र पेश गरेका थिए।

    यसैगरी प्रजातान्त्रिक विचार समाजका अध्यक्ष शालीग्राम अधिकारीले बिपीको साहित्यक जीवनको बारेमा कार्यपत्र पेश गरेका थिए। सोही विषयमा नेपाल लेखक संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेले टिप्पणी गरेका थिए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij