आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवार नै जान्दैनन् भोट हाल्न

  • प्रकाशित मिति : सोमवार, भदौ २६, २०७४



  • काठमाडौं । सुमित्रादेवी पासवान धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा उम्मेदवार बनेकी छिन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरघर डुल्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाउने भन्ने थाहा छैन ।

    उनले न आफू चुनाव लडेको सही वडा बताउन सकिन् तन मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

    सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनभिज्ञ छिन् । ‘यसअघि चुनावमा मोट खसाएकी छु । अहिले आफैं खडा भएकी छु तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको छ ।’

    सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवार दिएकी माओवादीकै हिरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij