आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश नम्बर २ मा सेनाद्वारा बाटो मर्मत सम्पन्न

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ ।

    आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य आजबाट सम्पन्न गरेको जनाएको छ ।

    सेनाले पर्सा जिल्लाका चार स्थानमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच स्थानमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानमा चार किलोमिटर सडक र एउटा पुल, सर्लाहीको चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिकाको विभिन्न १४ स्थानमा १५ किमि सडक र तीनवटा कल्भर्ट, महोत्तरीको लोहरपट्टि गाउँपालिकाको चार किमि सडक, दुईवटा पुल र तीनवटा कल्भर्ट, धनुषाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० स्थानमा ७२७ मिटर सडक र तीन कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा तीन किमि सडक र १० वटा कल्भर्ट, र सप्तरीको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ स्थानमा पाँच किमी सडक मर्मत तथा स्तरोन्नति सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij