आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिंगापुरमाथि नेपालको सहज जित, समूह विजेता बन्दै सेमिफाइनलमा

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

    समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।

    मलेसियामा आज बिहान सिंगापुरले दिएको ६८ रनको सामान्य चुनौती नेपालले १४ औं ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो ।

    नेपालका लागि सन्दिप सुनारले २० रन तथा अनिल कुमार साहले १८ रन जोडे ।
    यसअघि पहिले व्याटिङ गरेको सिंगापुरका खेलाडीहरुले २९ औं ओभरमा अलआउट हुनुपुर्व ६७ रन मात्रै बनाउन सके ।

    सिंगापुरका लागि आर्यमान सुनिल र सिद्धान्तले २०÷२० रन बनाए । किफायती बलिङ गरेका नेपालका पवन शर्राफले ६ विकेट लिए ।

    यसैगरी किशोर महतोेले २ विकेट झार्दा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १÷१ विकेट लिए ।

    ८ राष्ट्र सहभागी एसीसी युथ नाइन्टिन क्रिकेट पुर्वी क्षेत्रबाट छनोट हुने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij