आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावी परिणाम हाम्रा लागि कम हो, अप्रत्यासित होइनः एमाले सचिव ज्ञवाली

  • प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४



  • नेकपा एमालेले प्रदेश नम्बर दुईको चुनावी मतपरिणाम अपेक्षाभन्दा कम भए पनि अप्रत्यासित नभएको बताएको छ।

    शुक्रबार बिहान सेतोपाटीसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले आफूहरुले दुई नम्बर प्रदेशमा ४० सिट जित्ने आँकलन गरे पनि चुनावी परिणामले त्यो पूरा नहुने देखाएको बताए।

    ‘हाम्रो अपेक्षा योभन्दा बढी थियो, तर हामीलाई नतिजा अप्रत्यासित भने लागेको छैन,’ ज्ञवालीले भने, ‘मधेसमा एकदमै प्रतिकुल अवस्था थियो। केही अघिसम्म एमालेलाई त्यहाँ छिर्नसमेत दिइन्नथ्यो।’

    उनले प्रदेश नम्बर २ मा पार्टीको कमजोर उपस्थिति लगायतका विषयमा छलफल गर्न शुक्रबार दिउँसो केन्द्रीय समिति बैठक बस्न लागेको जानकारी दिए।

    ‘प्रदेश नम्बर दुईको चुनावी नतिजा, प्रदेश र केन्द्रीय संसदको चुनावका विषयमा छलफल गर्न आजै केन्द्रीय समितिको बैठक बस्दैछौं,’ ज्ञवालीले भने, ‘दुई नम्बर प्रदेशमा पार्टी हारका विषयमा पनि बैठकमा समीक्षा हुनेछ।’

    पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको एमाले प्रदेश नम्बर २ मा अहिलेसम्मको परिणाममा पाँचौ स्थानमा छ। १३६ स्थानीय तहमध्ये एमालेले ५ स्थानमा जित हात पारेको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ।

    प्रदेश नम्बर दुईका ठूला सहर वीरगन्ज र जनकपुरमा एमाले उम्मेदवार निकै पछि छन्।

    बाराका दुई उपमहानगर कलैया र जितपुुर सिमरामा भने एमाले उम्मेदवारको अग्रता कायम छ। त्यस्तै सिरहाको लहानमा पनि एमाले उम्मेदवार मुन्नि साहले सुरुआती अग्रता कायम राखेका छन्।

    महोत्तरीमा एक स्थानीय तहमा मात्र एमाले उम्मेदवारले अग्रता लिएका छन् भने नेता माधवकुमार नेपालको गृह जिल्ला समेत रहेको रौतहटका कुनै स्थानीय तहमा पनि एमाले उम्मेदवार अगाडि छैनन्।

    पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा २८१ स्थान जित्दै एमाले पहिलो पार्टी बनेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij