आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोहिङ्ग्या शरणार्थीलाई नेपाल प्रवेशमा रोक लगाउन एमालेको माग

  • प्रकाशित मिति : आइतवार, अशोज ८, २०७४



  • नेकपा एमालेले रोहिङ्ग्या शरणार्थीलाई नेपाल प्रवेशमा रोक लगाउन माग गरेको छ।

    एमालेको केन्द्रीय समिति बैठकले रोहिङ्ग्या शरणार्थीका कारण नेपाल शरणार्थी समस्यामा फस्न सक्ने भन्दै आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।

    एमालेले म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिङ्ग्यालाई भारतको बाटो हुँदै अन्तरराष्ट्रिय कानून विपरित नेपाल प्रवेश गराउने कार्य भैरहेको जनाएको छ। तर, उसले यस्तो कार्यमा को संलग्न छ भन्ने खुलाएको छैन। काठमाडौंको कपनमा पछिल्लो समय रोहिङ्ग्या शरणार्थीको शिविर नै खडा भएको छ।

    म्यानमारमा मुस्लिम रोहिङ्ग्या विरुद्ध त्यहाँको सेनाले कारबाही  चलाएपछि रोहिङ्ग्याहरू देश छाडिरहेका छन्। झण्डै ४० हजार रोहिङ्ग्या विस्थापित भएर बंगलादेश आइपुगेका छन्। पछिल्लो समय नेपाल सरकारले रोहिङ्ग्यालाई नेपाल प्रवेशमा रोक लगाउन काकडभिट्टा नाकामा कडाई गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij