आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित!

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल यादव निर्वाीचत भएका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । त्यसअघि उनी सिरहा जिल्ला विकास समितिको सभापति पनि थिए ।

    ७२ वर्षीय राजलाल ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । अहिले उनी फोरमका केन्द्रीय सदस्य छन् ।

    राजलाल निर्वाचित वडामा दुई हजार सात सय २१ मत खसेको थियो । उनी ८ सय ७८ मत ल्याएर निर्वाचित भए । संघीय समाजवादी फोरमबाटै सो वडाको सदस्यमा निर्वाचित अरुणकुमार यादवले राजलालको भन्दा बढी मत प्राप्त गरे । उनले नौ सय ८ मत पाए ।

    वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको नेतृत्व गर्न फोरमले उनलाई अघि सारेको थियो । तर, सिरहको १७ स्थानीय तहमध्ये समाजवादी फोरमले ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक नगरपालिकामा मेयरमा मात्र जित हात पारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij