आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वीरगन्जमा फोरमले अग्रता अझै बढायो

  • प्रकाशित मिति : मङ्लबार, अशोज १०, २०७४



  • दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार सं३य समाजवादी फोरम नेपालले अग्रता अझै बढाएको छ।

    नेपाली कांग्रेसको प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीलाई पछाडि छोडेका संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले मतान्तर १४८४ पुर्‍याएका छन्।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार सरावगीले १५ हजार ९ सय २९ मत प्राप्त गरका छन् भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका द्विवेदीले १४ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। नेपाली कांग्रेसको तर्फाबाट प्रमुख पदकी प्रत्यासी शान्ति कार्की झन्डै १६ सयभन्दा बढी मतको अन्तरले संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवलाई उछिनिरहेकी छन्।

    कार्की १६ हजार ७ सय ४० मत ल्याउन सफल भएकी छन् भने फोरमकी पिंकी यादवले १५ हजार १ सय ८४ मत प्राप्त गरेकी छन्।

    त्यसैगरी प्रमुख पदमा ९ हजार ७ सय ७ मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) को प्रमुख पदका प्रत्यासी राजेशमान सिंह तेस्रो स्थानमा पुगेका छन्। सतगणनाको सुरूवातमा अग्रता लिएका उनी क्रमशः पछि परेका हुन्।

    ७ हजार ३ सय ७१ मत ल्याउदै नेकपा एमालेका बसरुद्दीन अन्सारी चौथो स्थानमा रहेका छन् । अन्सारीलाई पछ्याउदै नेकपा माओवादी केन्द्रका रह्बर अन्सारी ७ हजार ३ सय ३० मत ल्याउदै पाँचौ स्थानमा छन् भने ६ हजार  ६८ मत प्राप्त गर्दै नेपाली लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तव छैठो स्थानमा रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij