आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वामपन्थी गठबन्धनको ‘काउन्टर’मा अर्को गठबन्धन बनाउन ६ पार्टीको कार्यदल गठन

  • प्रकाशित मिति : बिहिबार, अशोज १९, २०७४



  • नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन निर्माण गर्दै संघ र प्रदेश निर्वाचनमा तालमेल गर्ने घोषणा गरेपछि त्यसलाई ‘काउन्टर’ गर्न नेपाली कांग्रेसले अर्को गठबन्धन निर्माण गर्ने भएको छ।

    गठबन्धनमा कांग्रेससँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिक रहने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्षनेताहरूको बैठकले निर्वाचनका लागि गठबन्धन बनाएर तालमेल गर्ने निर्णय गरेको हो।

    संघ र प्रदेश निर्वाचनमा तालेमेलका लागि गठबन्धनले कार्यदल समेत बनाएको छ।कांग्रेसका तर्फबाट दुई जना र अन्य पाँच दलबाट एक-एक जना सदस्य रहने ७ सदस्यीय कार्यदल बनाएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

    बैठकले एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन अप्राकृतिक भएको ठहर समेत गरेको छ। बैठकमा पाँच दलका नेताहरूले वामपन्थी गठबन्धन निर्माणपछि कतै निर्वाचन नै नहुने त होइन भन्ने जिज्ञासा प्रधानमन्त्रीलाई राखेका थिए।

    जवाफमा देउवाले निर्वाचन गराएर छाड्ने बताएका थिए। उनले लोकतान्त्रिक गठबन्धनको आवश्यकता निर्वाचन सम्पन्न गराउनकै लागि भएको बताएका थिए। देउवाले लोकतान्त्रिक गठबन्धन तात्कालिक नभएर दीर्घकालिक सहकार्यका लागि भएको उल्लेख गरेका थिए।

    बैठक चुनावी तालमेलमा केन्द्रित रहेको राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले सेतोपाटीलाई बताए ।

    `कांग्रेस ठुलो पार्टी हो।गठबन्धनका लागि कांग्रेस कति गम्भीर हुन्छ त्यसमा भर पर्छ।´उनले भने,`भोली कार्यदलको बैठक बस्छ।एक दुई दिनमा यसले एउटा निर्णय गर्छ।´

    गठबन्धन हुने नहुने कुरा कांग्रेसको इमानदारितामा भर पर्ने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij