प्रकाशित मिति : शुक्रबार, अशोज २०, २०७४
काठमाडौं । नेकपा एमाले काठमाडौको आयोजनामा गरिएको कार्यक्रममा करिब २५० जनाले पार्टी प्रवेश गरेका छन । बुद्धनगर स्थित क्वालिटी पार्टी प्यालेसमा नेकपा एमाले काठमाडौमा काठमाडौ जिल्ला संयोजक तथा कार्यक्रम अध्यक्ष कृष्ण राईको सभापतित्वमा सो कार्यक्रम आयोजना भएको थियो । पार्टी प्रवेश कार्यक्रम १३:४० बजेबाट सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका अध्यक्ष केपी ओलि, संकर पोख्रेल सदस्य, सानु कुमार श्रेष्ठ, काठमाडौ जिल्ला सदस्य साबित्रा भुशाल ,सभासद रामेश्वर फुयाल अनेरास्ववियु महासचिव ऐन महर रहेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा पुर्ब प्रहरी नायब महानिरीक्षक नबराज सिलवाल , रा प्र पा काठमाडौ जिल्ला नेता सन्जय श्रेष्ठ तथा चर्चित गायक फोरम नेपालबाट मिना राजबंसी, सबिना श्रेष्ठ, समाजसेबि शुशिला श्रेष्ठ , निता शर्मा आचार्य ,माओवादीबाट शसी कुमार पान्डे , बिकास राज गौतम , राप्रपा नेपाल बाट अकबर अहमद सहित ३०/३५ जना ले पार्टी प्रवेश गरि कार्यक्रम १४:५५ मा समाप्त भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij