आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वामपन्थी गठबन्धनलाई निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति जुटाउन सकस

  • प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४



  • काठमाडौं, असोज २६ । तीन वटा कम्युनिस्ट पार्टीको वामपन्थी गठबन्धनलाई निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति जुटाउन समस्या भएको छ ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच आगामी निर्वाचनमा एक भएर जाने सहमति भए पनि क्षेत्र बाँडफाँडमा समस्या देखिएको हो ।

    सबै दलले आफूले बढी र जित्ने क्षेत्र तातेका कारण पनि सहमतिमा समस्या भएको हो । सहमतिका लागि कार्यदल गठन गरिएको भए पनि अहिलेसम्म त्यसले ठोस निर्णय गर्न सकेको छैन ।

    माओवादी र नयाँ शक्तिले बढी सिट दाबी गरेका कारण क्षेत्र बाँडफाँडमा सहमति नजुटेको एमालेका नेताहरु बताउँछन् ।

    तर निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले भने धेरैजसो सिटको बाँडफाँड सहमतिमा टुंगिए पनि केही ठाउँमा मिलाउनुपर्ने बताएका छन् ।

    विवाद देखिएका क्षेत्रमा कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरिरहेको बताइएको छ ।

    कार्यदलले प्रदेश नम्बर १ का अधिकांश क्षेत्रको टुंगो लगाइसकेको जनाएको छ । बाँकी क्षेत्रमा पनि विवाद कम गर्दै सहमतिको प्रयास भइरहेको बताइएको छ ।

    एमाले र माओवादी केन्द्रबीच ६०/४० को अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँड गर्ने सहमति भएको थियो ।

    दुवै दलले नयाँ शक्तिलाई केही स्थान दिएर बाँकी रहेका क्षेत्रमा समानुपातिक रुपमा सिट संख्या निर्धारण गर्ने सहमति भए पनि एउटै निर्वाचन क्षेत्रमा सबै दलले दाबी गरेका कारण सहमतिमा समस्या परेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij