आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रमुख दलहरुको विवादका कारण राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र

  • प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४



  • काठमाडौं, असोज २६ । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको विवादका कारण राष्ट्रिय सभा निर्वाचनको विधेयक अलपत्र परेको छ ।

    संसद्को आयु सकिन केही दिन मात्र बाँकी रहँदासमेत संसद्बाट विधेयक पारित नभएपछि थप अन्योल भएको छ ।

    सरकारले बहुमतका आधारमा राष्ट्रिय सभा गठन हुने व्यवस्थासहितको विधेयक संसद्मा गत भदौ २८ गते दर्ता गरेको थियो ।

    तर आफैंले ल्याएको विधेयक संशोधन गर्दै एकल संक्रमणीय मत प्रणाली अपनाउनुपर्ने प्रस्ताव कांग्रेसले अघि सारेपछि त्यसमा विवाद भएको हो ।

    प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसको प्रस्ताव अस्विकार गरेका छन् । उनीहरुले बहुमतीय प्रणाली अपनाउनुपर्ने अडान राखेका छन् ।

    एमाले नेता अग्नी खरेलले सरकारले नै प्रस्ताव गरेर अघि बढाएको विधेयकलाई राजनीतिक समीकरण फेरबदल हुनेवित्तिकै पुनः परिमार्जन गर्न नपाइने बताए ।

    माओवादीका सांसद रामनारायण बिडारीले पनि आफैंले ल्याएको विधेयक सरकारले नमानेपछि पास गर्न समस्या भएको बताए ।

    नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने व्यवहारिक रुपमा समेत एकल संक्रमणीय व्यवस्था समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हुने दाबी गरे ।

    उनले थोरै मत ल्याउने दलहरुलाई समेत राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन एकल संक्रमणीय व्यवस्थाअनुसारको विधेयक अघि बढाउन आफूहरुले चाहेको बताए ।

    विधेयकमा बारेमा शीर्ष नेताहरुबीच पटकपटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन ।

    यसले गर्दा संसद्को समय सकिनै लाग्दासमेत विधेयक अघि नबढ्दा राष्ट्रिय सभा गठन मै अन्योल देखिएको छ ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा सात प्रदेशबाट आठ जनाका दरले ५६ जना र बाँकी तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij