आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपतिबाट राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ

  • प्रकाशित मिति : शनिबार, अशोज २८, २०७४



  • काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शनिबार साँझ पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराएकी हुन् ।

    प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    साथै, राप्रपाकै कान्ता भट्टराई, कुन्ती शाही, सुशील श्रेष्ठ र भास्कर भद्रालाई राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

    निर्वाचनको मुखमा मन्त्री थप्नु आचारसंहिताविपरीत हुने विवाद बढेपछि राष्ट्रपति भण्डारीले शनिबारै निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरी मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।

    राष्ट्रपतिसँगको छलफलमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकार विस्तारलाई आचारसंहिता उल्लंघन नै भन्न नमिल्ने भन्दै आयोगले शपथ नै रोक्नका लागि सुझाव दिन नसक्ने बताएको जनाइएको छ ।

    उनले सो विषयमा स्वयं राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताएका थिए ।

    राष्ट्रपति भण्डारीले आयोगसँगको छलफललगत्तै प्रधानमन्त्री देउवासँग पनि छलफल गरेकी थिइन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij