आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन २ घन्टा बाँकी, अझै पुगेनन् दलहरू

  • प्रकाशित मिति : आइतवार, अशोज २९, २०७४



  • प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि बन्द सूची बुझाउने समय सकिन  २ घन्टामात्र बाँकी रहँदा दलहरू  अझै निर्वाचनमा आयोगमा बन्द सूची लिएर पुगेका छैनन्।

    साना दुई दलले भने बन्दसूची बुझाएका छन्। नेपाली कांग्रेसले बन्द सूची बुझाउन टोकन लिएको छ। निर्वाचन आयोगका कर्मचारी परिसरमा बन्द सूची बुझाउने डेस्क नै बनाएर बसेका छन्। तर दलहरु भने उम्मेद्वारको टुङ्गो लगाउन नसक्दा र क्लष्टर मिलाउन नसक्दा आयोग पुग्न सकेका छैनन्।

    दलहरुले प्रतिनिधि सभाका लागि बढीमा १ सय १० जना उम्मेद्वारको सूची बुझाउनु पर्नेछ। २७५ सदस्यीय संसदमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

    त्यस्तै दलहरुले प्रत्येक प्रदेशमा पनि समानुपातिक सुची बुझाउनु पर्नेछ। प्रदेश नं १ को ९३ सदस्यीय प्रदेश सभामा ३७ जना सामानुपातिक बन्नेछन्। त्यस्तै प्रदेश नं २ को १०७ सदस्यीय प्रदेशसभामा ४३ जना समानुपातिकबाट छानिनेछन्।

    यसरी दलहरुले बुझाउने सूचीमा ३३ प्रतिशत महिला, दलित, अल्पसंख्यक र पिछिडिएका क्षेत्रलाई पनि ध्यान दिनुपर्छ। प्रत्येक प्रदेशका पिछडिएका क्षेत्र छुट्टाछुट्टै छन्। जसबाट समानुपातिकमा ल्याउउनु दलहरुका लागि चुनौती छ।

    प्रदेश नं ३ मा १ सय ११ सदस्यीय प्रदेश सभा बन्दैछ। जसका लागि दलहरुले समानुपातिकबाट ४५ जनाको नाम सिफारिस गर्न पाउँछन्।

    दलहरुले ४५ जनाकै नाम बुझाउनु पर्दैन। तर क्लष्टर भने मिलाउनै पर्छ। आयोगले दलहरुलाई यस्ता क्लष्टर मिलाउन समय समेत दिनेछ।

    प्रदेश नं ४ को ६० सदस्यीय प्रदेश सभामा २४ जना समानुपातिक मार्फत आउनेछन्।

    त्यस्तै प्रदेश ५ मा ८६ सदस्यीय संसदको ३४ जना समानुपातिक सांसद हुनेछन्। प्रदेश ६ मा समानुपातिकका १६ सांसद सहितको ४० सदस्यीय प्रदेश सभा गठन हुनेछ। प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभा बन्नेछ।

    जसमा २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनेछन्। प्रदेश सभा र प्रतिनिधि सभाका लागि दुई चरणमा आउँदो मंसिर १० र २१ गते निर्वाचन हुँदैछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij