आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावलाई व्यङ्ग्य गर्दै वैद्यले भने हामी सुँगुरको खोरमा जान थालेका छौँ

  • प्रकाशित मिति : आइतवार, अशोज २९, २०७४



  • काठमाडौं नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले आसन्न चुनावमाथि टिप्पणी गर्दै आफुहरु पनि सँुगुरको खोरमा जान थालेको बताएका छन् । हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका पार्टीका नयाँ नीति तथा कार्यक्रमवारे जानकारी दिन पार्टी मुुख्यालयमा बोलाइएको पत्रकार सम्मेलनमा वैद्यले क्रान्तिका लागि चुनाव उपयोग गर्न थालेको बताए ।

    ‘यो संसदीय चुनाव सुँगुरको खोर हो । हामी पनि सुँगुर खोरभित्र पस्न थालेका छौँ ।’ उनले भने, ‘तर, यो हामीले क्रान्तिका लागि उपयोग गर्दैर्छौँ ।’

    वैद्यले चुनावमा आफ्नोपार्टी सहभागी नभई एक चुनावी मोर्चा मात्र भाग लिन थालेको बताए । वैद्य माओवादीले सीपी गजुरेलको नेतृत्वमा चुनावी मोर्चा बनाएको छ । पोखरा सम्मेलनले चुनावमा भाग लिने र मोर्चाका जिम्मेवार नेताहरु चुनाव लड्ने निर्णय गरेको थियो ।

    वैद्यले एमाले र माओवादीवीचको गठबन्धनलाई अवसरवादी र प्रतिक्रियावादीहरुको गठबन्धन भएको बताए । उनले आफ्नो पार्टी, विप्लवको पार्टी र ऋषि कट्टेलको पार्टीवीच सहकार्यका लागि संवाद भएको बताए । उनले आफ्नो पार्टीको कार्यदिशा जनवादी क्रान्ति रहेको भन्दै क्रान्तिका लागि सवैले हतियार उठाएको स्मरण गरे ।

    वैद्य पहिलो संविधानसभामा समानुपातिक सभासद् थिए । तर, कार्यकाल नसकिदै उनले राजीनामा गरेका थिए । 

    प्रेस–विज्ञप्ति

    २०७४ असोज २२ देखि २६ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन पोखरा–लेखनाथ महानगरपालिकाको सुन्दर पर्यटकीय नगरी पोखरामा सुसम्पन भयो । यस ऐतिहासिक राष्ट्रिय सम्मेलनमा पारित गरिएका महत्वपूर्ण निर्णयहरुवारे यस प्रेसविज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।
    १– उद्घाटन सत्र
    क) केन्द्रीय कार्यालय सदस्य क. गौरवको उद्घोषणमा पोखरा कान्तिपुर पार्टी प्यालेसमा देश तथा विदेशबाट आएका प्रतिनिधि, पर्यवेक्षक, स्वयसेवक, कलाकार, पत्रकार र विभिन्न वाम पार्टीका आमन्त्रित अतिथिहरुले भरिएको एवं राता झण्डा तथा व्यानरहरुले सजिएको विशाल सभाकक्षमा अध्यक्ष क. किरणको अध्यक्षतामा राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम सुरु भयो ।
    ख) प्रारम्भमा महान् जनयुद्ध तथा विभिन्न जनआन्दोलन सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका सम्पूर्ण अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
    ग) सामना परिवारका केन्द्रीय कलाकारहरुद्वारा अन्तराष्ट्रिय गीतको गायन भयो ।
    घ) अध्यक्ष क. किरणद्वारा पानसमा दीप प्रज्ज्वलन गरी प्रथम राष्ट्रिय सम्मेलनको समुद्घाटन गरियो ।
    ङ) केन्द्रीय कार्यालय सदस्य क. राजवीरद्वारा स्वागत भाषण गरियो ।
    च) सामना परिवारद्वारा स्वागत गीत गाइयो ।
    छ) नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य क. हेमन्त प्रकाश ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. ऋषि कटेल, नेपाल कम्युनिस्ट पार्टी (मसाल)का प्रतिनिधि क. राम प्रकाश पुरी र वामपन्थी बुद्धिजीवी टेकनाथ बरालद्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा बामपन्थीहरुको एकीकरणमा विशेष जोडदिदै राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना मन्तव्य प्रस्तुत गरियो ।
    ज) पार्टी अध्यक्ष क. किरणद्वारा पार्टीको क्रान्तिकारी कार्यदिशालाई थप समृद्ध बनाउने, दक्षिणपन्थी संशोधनवादी गठबन्धनका विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने र वर्तमान पश्चगामी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध जनवादी क्रान्तिको तयारीको दिशामा अगाडि बढ्ने उद्देश्य प्राप्तिका लागि आयोजित सम्मेलनको सफलताको कामना सहित संक्षिप्त उद्घाटन मन्तव्य प्रस्तुत गर्दै तथा सम्बन्धित सबैलाई धन्यवाद दिदै उद्घाटन सत्रको समापन गरियो ।
    २– बन्दसत्र
    क) बन्दसत्रको सञ्चालनका लागि केन्द्रीय कार्यालय सदस्य क. गौरव, केन्द्रीय सचिवालय सदस्य क. रमेश, केन्द्रीय सदस्यद्वय क. मीना तथा क. अमर परियार र हाउसवाट क. श्रीकृष्ण रहनु भएको पाँच सदस्यीय अध्यक्षमण्डलको निर्वाचन गरियो ।
    ख) अध्यक्ष क. किरणद्वारा (१) राजनीतिक प्रतिवेदन, (२) नेपाली समाज स्वरुप र पार्टीको आम कार्यदिशा,           (३) निर्वाचन उपयोग सहितका राजनीतिक प्रस्ताव प्रस्तुत गरियो ।
    ग) केन्द्रीय कार्यालयका सदस्य क. राजवीरद्वारा पार्टी विधान सम्बन्धी प्रस्ताव प्रस्तुत गरियो ।
    घ) क. राजवीरद्वारा कतिपय प्रश्नमा फरक मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरियो र क. किरणद्वारा ती प्रस्तावबारे स्पष्टीकरण प्रस्ताव समेत प्रस्तुत गरियो ।
    ङ) उक्त राजनीतिक दस्तावेज तथा प्रस्तावहरुबारे आवश्यक छलफल तथा बहस गर्नका लागि नौ ओटा समूहहरु बनाइयो र सामूहिक छलफल तथा बहसको प्रक्रिया अगाडि बढाइयो ।
    च) सबै समूहका तर्फवाट नेतृत्व गर्नु भएका कमरेडहरुद्वारा समूहमा भएको बहसको निष्कर्ष तथा अभिमतलाई सभामा प्रस्तुत गरियो । साथै, बिच बिचमा केन्द्रीय सचिवालयका सदस्य कमरेडहरुले समेत दस्तावेजहरुवारे आ–आफ्ना धारणा प्रस्तुत गर्नु भयो ।
    छ) सम्बन्धित दस्तावेज तथा प्रस्तावहरुवारे प्रस्तुत गरिएका धारणा तथा अभिमतका सन्दर्भमा उठेका विभिन्न प्रश्न तथा विषयका सन्दर्भमा दस्तावेज प्रस्तोता क. किरण र क. राजवीरद्वारा आवश्यक स्पष्टीकरण दिइयो । सबै फरक मतबारे पनि बहस पश्चात् विकसित भएको सन्दर्भमा आवश्यक ध्यान दिदै नयाँ ढंगले आफ्ना अभिमत राख्ने र स्पष्ट पार्ने काम भयो ।
    ज) उक्त बहस तथा छलफल र स्पष्टीकरण पश्चात् अध्यक्ष मण्डलका तर्फबाट सम्बन्धित दस्तावेज तथा प्रस्तावहरुलाई एक एक गरी निर्णयार्थ सभा समक्ष प्रस्तुत गरियो र ती सबै प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पारित गरियो । यसै सन्दर्भमा कतिपय कमरेडहरुले आ–आफ्ना फरक अभिमत पनि अभिलेखका रुपमा सभा समक्ष दर्ज गर्नुभयो ।
    सम्मेलनद्वारा पारित गरिएका दस्तावेज तथा प्रस्तावहरुको सारसंपेक्ष यस प्रकार रहेको छ ः
    ड्ड    सामाजिक तथा आर्थिक रुपमा नेपाल अर्ध सामन्ती, अर्ध औपनिवेशिक र मुख्यतः नवऔपनिवेशिक अवस्थामा रहेको स्वीकार्दै दलाल तथा नोकर शाही पुँजीपति एवम् सामन्त वर्ग र साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध परिलाक्षित नयाँ जनवादी क्रान्तिको आम कार्यदिशालाई थप समृद्ध तुल्याइएको छ ।
    ड्ड     विकसित हुँदै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र राजनीतिक शक्तिहरुको थप अध्ययन गदै दुई वा तीन दलीय सिण्डिकेट प्रणाली जन्मिएको तथा लोकतन्त्रका नाममा फासिवाद हुकिर्न थालेको, कम्युनिस्ट नामधारी दक्षिणपंन्थीहरुको प्रतिक्रियावादीकरण भएको र अन्तर्राष्ट्रिय रुपमा विश्वयुद्धको खतरा पैदा हुन थालेको निष्कर्ष निकालिएको छ ।
    ड्ड     राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका सवालहरुलाई लिई पार्टीद्वारा वर्गसंघर्ष, राष्ट्रिय मुक्ति संघर्ष तथा प्रतिरोध संघर्षलाई नयाँ ढङ्गले संगठित गर्ने र विभिन्न पक्षसित कार्यएकता गरी संघर्षलाई विकसित तुल्याउदै जाने निर्णय लिइएको छ ।
    ड्ड     सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनका लागि आवश्यक पहल गर्ने नीति स्वीकार गरिएको छ ।
    ड्ड     माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई साँच्चैको सर्वहारा वर्गकोे अग्रदस्ता वनाउने र अनुशासित, एकताबद्ध तथा नयाँ ढङ्गको पार्टी निर्माणमा विशेष जोडदिने गरी पार्टीको विधानलाई थप समृद्ध तथा परिमार्जित गरिएको छ । विधानमा पार्टीको केन्द्रीय समितिमा महासचिवको व्यवस्था मिलाइएको छ ।
    ड्ड    प्रादेशिक तथा संघीय निर्वाचनमा देशभक्त गणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई सघाई क्रान्तिकारी ढंगले उपयोगगर्ने निर्णय लिइएको छ ।
    ड्ड    फरक मतलाई कदर गर्दै नयाँ ढङ्गले व्यवस्थापन गर्ने र रुपान्तरणको प्रक्रियाका विचवाट अगाडि बढ्ने ठेगान गरिएको छ ।
    ड्ड    विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा संमेलनमा समसामयिक प्रस्ताव समेत पारित गरिएको छ ।
    झ) अध्यक्षमण्डलका तर्फवाट केन्द्रीय समितिको निर्माणका लागि आवश्यक मापदण्ड सहित पूर्ण केन्द्रीय सदस्य र वैकल्पिक सदस्यको संख्या क्रमशः ७७ र १८ समेत निधारण गरी समग्रमा ९५ स्थानको प्रस्ताव प्रस्तुत गरियो र सर्वसम्मत रुपमा सो प्रस्ताव पारित भयो ।
    ञ) त्यस पश्चात् अध्यक्ष मण्डलद्वारा क. गौरवका तर्फवाट केन्द्रीय समितिको पूर्ण सदस्यहरुमा ७७ जनाको नामावली प्रस्तावित गरियो र वैकल्पिक सदस्यहरुबारे पूर्ण केन्द्रीय समितिद्वारा निर्णय लिने प्रस्ताव राखियो । सर्वसंमत रुपमा सो प्रस्ताव पारित गरियो ।
    ट) ज्येष्ठ सदस्य क. मानसिंहको अध्यक्षतामा नव निर्वाचित केन्द्रीय सामितिको बैठक वस्यो र क. किरणलाई सर्वसंमत रुपमा महासचिव निर्वाचित गरियो । स्थायी समिति र पोलिट व्युरोको निर्वाचन आगामी केन्द्रीय समितिको बैठकमा गर्ने निर्णय लिइयो ।
    ३– समापन सत्र
    ड्ड    क. गौरवको उद्घोषणमा समापन सत्रको प्रारभ भयो ।
    ड्ड    नव निर्वाचित केन्द्रीय समितिको तर्फवाट महासचिव क. किरणद्वारा (क) पारित कार्यदिशा तथा निर्णयहरुको दृढतापूर्वक कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जाहेर गर्दै , (ख) राष्ट्रिय संमेलन पार्टीलाई नयाँ ढंगले एकताबद्ध तुल्याउन तथा सही कार्यदिशा पारित गरी वैकल्पिक शक्तिका रुपमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई विजयको दिशामा अगाडि बढाउन शानदार रुपमा सफल भएको भन्दै र (ग) संमेलनलाई सफल पार्न सहयोग पु¥याउने सम्बन्धित सबैलाई विशेष धन्यवाद दिदै संमेलनको समापन गरियो ।    

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij