सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

एमाले–माओवादीले चुनाव सार्ने आशंका गरेको बहुचर्चित मुद्दाबारे सर्वोच्चको निर्णय केहीबेरमा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४



  • सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाडेर आफूलाई सहयोग गर्न आग्रह गरे।

    दिउँसो माओवादी केन्द्रले सरकार छाड्ने निर्णय पनि गर्यो। अध्यक्ष दाहालले सो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनबाटै गराए।

    सरकार छाडेको जानकारी दिन माओवादीका दुई मन्त्रीले दिउँसो पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए। माओवादीले सरकार छाड्ने निर्णय भने त्यो अघि नै प्रेसमा चुहिइसकेको थियो।

    माओवादीले सरकार छाड्ने समाचार अनलाइनमा देखेर गृह मन्त्रालय पुगेका पत्रकार त्यो बेला छक्क परे जब गृहमन्त्री जनार्दन शर्माले सुरुमै आफूहरुले सरकार नछोड्ने जानकारी गराए। ‘ निर्वाचन सार्ने प्रपञ्च भैरहेको छ। निर्वाचननै सार्ने कुरा आएपछि हामीले सरकार नछाड्ने निर्णय गर्यौँ ।’ शर्माले भने।

    माओवादी नेताहरुले निर्वाचन आयोगबाट आफूले त्यस्तो सूचना पाएको दाबी गरे।

    प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हिजै निर्वाचन सार्ने कुनै सम्भावना नरहेको र आफूहरुले त्यस्तो सूचना कसैलाई नदिएको प्रष्टीकरण दिए।

    त्यसो भए अन्तिम समयमा आएर माओवादी सरकार छोड्ने निर्णयबाट किन पछि हट्यो भन्ने अझै रहस्यमय छ।
    तर कतिपयले मंगलबार दिउँसो सर्वोच्च अदालतले गरेको एउटा निर्णयले माओवादी र एमाले झस्किएको बताएका छन्।

    त्यही कारण माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आपसी परामर्शपछि माओवादीले सरकार नछोड्ने निर्णयमा पुगेको उनीहरुको जिकिर छ।

    सर्वोच्चले हिजो गरेको त्यो निर्णय थियो– राजपा नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको मुद्दामा बुधबार फैसला सुनाउने।
    नेता शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए।

    उक्त निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी मंगलबारका लागि छलफलमा बोलाइएको थियो। सो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार सुनुवाइ सकेको थियो।

    केही दिनअघिसम्म कसैले वास्ता नगरेको यो मुद्दा  एमाले-माओवादीको अाशंकापछि रातारात चर्चित बनेको छ। यही बहुचर्चित मुद्दामा अाज  ११ बजे पछि  फैसला  आउने सर्वोच्च स्रोतले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij