आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्वतमा निर्वाचनको तयारी यस्तो छ, दलहरु जुटे प्रचारमा

  • प्रकाशित मिति : आइतवार, कार्तिक ५, २०७४



  • पर्वत, कात्तिक ५ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ ।

    निर्वाचनका लागि सबै पक्षले आ–आफ्नो तयारी थालेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न जिल्लामा क्रियाशिल दलहरु सक्रिय बनेका छन् भने निर्वाचन कार्यालय पनि तयारीमा जुटेको छ ।

    स्थानीय तहमा झै यसपटक पनि ७४ वटा मतदानस्थल राख्ने तयारी निर्वाचन कार्यालयको छ ।

    दलहरुले उम्मेदवारको नामावली केन्द्रमा पठाईसकेका छन् भने मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ अभियान संचालन गर्दैछन् ।

    पर्वत जिल्ला अदालतका न्यायाधीशलाई मूख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । कात्तिक ९ गते मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । मतदाता शिक्षा कार्याक्रम भने कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा संचालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माको भनाइ छ ।

    निर्वाचनमा एक लाख ७ हजार ३ सय मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । स्थानीय तहको चुनावमा ९९ हजार ६ सय मतदाता रहेकोमा अहिले करिब ८ हजार मतदाता बढेका हुन् ।

    प्रत्येक मतदान स्थलमा एक हजार मतदाता हुने गरी तयारी गरिएको छ । सुरक्षा निकाय पनि निर्वाचन केन्द्रित सुरक्षा योजनामा जुटेको निर्वाचन अधिकारी शर्माको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij