मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

  • प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४



  • काठमाडौं, कात्तिक ६ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

    लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे ।

    एभर्टनका वायन रुनी र ईद्रीसा गुवेले एक–एक गोल गरे ।

    यो जितपछि आर्सनलले अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीसँग बराबरी गरेको छ । उता पराजित टोली एभर्टन भने तालिकाका १८ औं स्थानमा झर्दै रेलिगेसन क्षेत्रमा पुगेको छ ।

    प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई ४–१ ले पराजित गर्‍यो । आफ्नै मैदानमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई तथा हिङ मिउन सन र डेले अलीले एक–एक गोल गरे । लिभरपुलका मोहोमद सालाहले एक गोल फर्काए ।

    गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २०/२० अंक जोडेका म्यान्चेस्टर युनाईटेड र टोटनह्याम क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । १६/१६ अंक जोडेको चेल्सी र आर्सनल भने चौथो र पाँचौ स्थानमा समेटिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij